काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको आइतबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् ।
‘आजकाल विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने चेष्टा भइरहेको छ,’ प्रचण्डले भने । नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको उनको भनाइ छ ।
‘एकातिर सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं,’ उनले भने ।
विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको उनले भने ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।