रौतहट ।। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रौतहटको पाँचौ जिल्ला अधिबेशन गौरमा आइतवार संपन्न भएको छ ।
नेकपा माओवादी केन्द्र केंद्रीय सदस्य अशोक जायसवालको प्रमुख आतिथ्यमा भएको जिल्ला अधिबेशनबाट रामरेखा चौरसियाको अध्यक्षतामा २५ सदस्य नया जिल्ला कार्य समितिको सर्व सहमतिबाट गठन गरिएको छ ।
नव गठित कार्य समितिको उपाध्यक्षमा श्याम राज सापकोटा , जय नारायण लाल कर्ण ,सचिवमा कैलाश प्रसाद साह , कोषाध्यक्षमा धर्मेन्द्र सहनी चयन भएको छ ।
त्यस्तै सदस्यमा विक्रम दहाल, शैलेन्द्र श्रीवास्तव , विकी बाबू जायसवाल , रामसेवक साह , जीतेन्द्र कुशवाहा , दीपक खनाल , कबि बहादुर साह , शंकर दास, संजय कुमार साह सर्व सहमतिबाट निर्वाचित भएका छन ।
उमेश झाको अध्यक्षतामा संपन्न भएको जिल्ला अधिबेशनको उदघाटन सत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंघका केंद्रीय सदस्य विनोद जायसवाल , प्रदेश अध्यक्ष छठु चौधरी ,इंचार्ज नागेन्द्र कुशवाहा , नेपाल कर्मचारी संगठन निजामतीका मधेश प्रदेश अध्यक्ष विनोद चौधरी ,नेपाल कर्मचारी संगठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादव सहितको उपस्थिति रहेको थियो ।
कर्मचारी संगठन रौतहटको पाँचौ जिल्ला अधिबेशनबाट चौरसिया सर्व सहमत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।