काठमाडाैं ।। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणले मानिसको आयु झण्डै १० वर्षसम्म कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धान समूहको प्रतिवेदनले हालको वायु गुणस्तर स्तरमा औसत भारतीय आयु पाँच वर्षले घटेको पनि देखाएको बीबीसीले जनाएको छ । भारतका १३ लाख मानिस उच्च वायु प्रदुषण हुने स्थानमा बस्ने गरेका पनि अध्ययनले देखाएको छ । खराब हावाले भारतमा हरेक वर्ष लाखौंको ज्यान लिने गरेको छ । प्रतिवेदनले भारत सरकारलाई वायु प्रदूषण विरुद्ध लड्न सरकारी प्रयासहरूलाई तीव्रता दिन पनि सुझाव दिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।