काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग गर्ने भनिएको ‘स्टेट पार्टनर्शिप प्रोग्राम’ (एसपीपी) सम्झौताका बारेमा तत्काल जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा देउवाले रक्षा मन्त्रालय पनि सम्हालेकाले जवाफ दिनुपर्ने बताएका हुन्।
उनले गठबन्धनका कुन नेताले के बोले भन्ने भन्दा पनि प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिको हिसावले देउवाको जवाफ आवश्यक हुने बताए। भने,’आजै बैठकमा आएर प्रधानमन्त्रीले यस्तो प्रकृतिको सम्झौता गर्दैन्, उहाँको आफ्नो शैलीमा नेपालले गर्दैन गर्दैन गर्दैन भनेपछि यस विषयमा उठेका विषय बन्द हुन्छन्।’ उनले नेपाली कांग्रेसको नीति पनि एसपीपी जस्ता सम्झौता अघि नबढाउने रहेको बताए। उनले एसपीपी कसको पालामा के कसरी सुरु भयो भन्नेबारेमा पनि प्रष्ट पारिनुपर्ने बताए। एसपीपी सम्झौता प्रस्ट नभएको भन्दै थापाले देउवाको जवाफ माग गरेका हुन्।
‘यो सम्झौता के हो? कसको पालामा आएको हो? हामी बाहिर पढिरहेका छौ यसको १० बुँदा नेसनल गार्डको वेबसाइट हेर्नु हो भने २०१९ पूर्ववर्ती सरकारको पालामा प्रस्ताव आएको देखिन्छ एउटा पक्षले अर्कै भन्छ सेनाले भन्छ यसको बारेमा केही थाह छैन सरकारले यसबारे प्रष्ट भन्नुपर्छ विकासको साझेदारीमा सबै शक्ति राष्ट्रसँग आवद्ध हुने हो लिने हो तर नेपाली सेनासँग हुने कुनै पनि साझेदारीमा चाहे मित्रराष्ट्र होस् या छिमेकी नेपाल संलग्न हुन सक्दैन,पाउँदैन,’उनले भने।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here