सर्लाही ।। सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई १ हजार ९९ मतले पछि पार्दै जित हात पार्नुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिनुभयो । साह यसअघि पनि धनकौल गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्षमा विजयी साहले चार हजार ४ सय ७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३ सय ७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै अकली सहनी ४ हजार ५ सय ४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि दोहो¥याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका निलम देवी सहनीले तीन हजार २ सय २५ मत प्राप्त गर्नुभयो । सातवटा वडा रहेको धनकौलमा नेपाली काँग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । काँग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ जित निकालेको छ । निर्वाचन अधिकृत बरालले आज बिहान ६ बजे मतगणना गरेर सकिएको जानकारी दिनुभयो । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा आजै बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने भोलि वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here