काठमाडाैं ।। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको देशभर भइरहेको मतगणना अनुसार हालसम्म ९२ स्थानको मत परिणाम सार्वजनिक भएको छ । बिहान ८ बजेसम्म ७ सय ५१ स्थानीय तहका लागि भएको निर्वाचनमध्ये नेपाली काँग्रेसले ३४ प्रमुख पदमा जित हात पारेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले ३३ स्थानमा जीत हात पारेको छ । यस्तै नेकपा माओवादी केन्द्रले २२, एकीकृत समाजवादीले २ र अन्य तर्फका १ जनाले प्रमुख पदमा जित हात पारेका छन् । यस्तै उप प्रमुख उपाध्यक्षमा नेपाली काँग्रेसले ३९, एमालेले ३०, माओवादी केन्द्रले १४, एकीकृत समाजवादीले ४ र जसपाले १ स्थानमा जित हात पारेको छ । देशभरका प्रमुख र अध्यक्ष काँग्रेसले अग्रता कायमै छ भने उप प्रमुख र उपाध्यक्षमा पनि काँग्रेसकै अग्रता रहेको छ । एमालेले भने प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षमा काँग्रेसलाई पछ्याइरहेको छ ।
Home मुख्य समाचार स्थानीय तह निर्वाचन २०७९ः ९२ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेसको अग्रता कायमै
स्थानीय तह निर्वाचन २०७९ः ९२ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेसको अग्रता कायमै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।