काठमाडाैं ।। माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आजदेखि आचारसंहिता लागू गर्ने आयोगले जनाएको छ । आचार संहिताको पालना गर्नु सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लङ्घन भएमा कानूनी कारवाही समेत हुने हुँदा आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । तीनै तहको सरकार सबै मन्त्री, सरकारी तथा अर्ध सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, शिक्षकहरू सबैमा आचारसंहिता लागू हुने प्रवक्ता पौडेलले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












