काठमाडाैं ।। कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू छलफलको तयारीमा जुटेका छन् । कोभिड १९ सङ्कट व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसीसी) ले हिजो विद्यालय बन्द, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतका १३ बुँदे सिफारिस सरकारलाई गरेपछि प्रमुख जिल्ला अधिकारीहरू छलफलको तयारीमा जुटेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीसीएमसीसीले केही सिफारिस गृह मन्त्रालयमा पनि गरेको र मन्त्रालयको निर्णय आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने बताउनुभयो । उहाँले बैठक कतिबेला र कहिले बस्ने भन्ने यकिन भइनसकेको भन्दै सरकारको निर्णयलाई कुरिरहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको अवस्थामा सङ्क्रमण रोक्न तथा जोखिम न्यूनीकरणका लागि अपनाइने उपाय लगायतका विषयमा बैठकमा छलफल हुन सक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here