काठमाडाैं ।। ३४ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । आज बिहानसम्म प्राप्त विवरणअनुसार ३४ जिल्ला र दुईवटा विशेष जिल्ला कमिटीले नयाँ नेतृत्व चयन गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यही पुस २३ गते ६३ जिल्लामा एकैसाथ एमाले अधिवेशन सुरु गरिएको थियो । प्रदेश १ मा धनकुटा, खोटाङ, झापा, मोरङ, तेह्रथुम, पाँचथर र भोजपुर, प्रदेश २ मा सप्तरी, बागमती प्रदेशमा काभ्रे, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, भक्तपुर, रामेछामप र काठमाडौँमा नयाँ नेतृत्व छानिएको एमाले पार्टी कार्यालय सचिव डा भिष्म अधिकारीले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा तनहु गोरखा, म्याग्दी, लम्जुङ, लुम्बिनीमा नवलपरासी पश्चिम, कपिलवस्तु, दाङ पाल्पा, गुल्मी, अर्घाखाँची, बर्दिया, रुपन्देही बाँके, कर्णालीमा सल्यान, डोल्पा र जुम्ला अनि सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र बैतडीमा पनि नयाँ नेतृत्व छानिएको छ । उपत्यकामा पेशागत र मजदुर विशेष जिल्लाको नेतृत्व पनि टु्ङ्गो लागिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here