रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाका लक्षित समुदायका बाल बालिकाहरु विगत १० महिना देखि बाल पोषणको भत्ताबाट बन्चित भएका छन् ।
प्रत्येक चौमासिकमा ५ वर्ष मुनिका बाल बालिकाहरुले पाउनु पर्ने रकम विगत २ चौमासिक देखि पाउन सकेका छैन । नगरपालिकाको ९ बटा वडामा लक्षित बर्ग तथा दलित बाल बालिका ४ हजार १ सय रहेको छ । बाल पोषण भत्ता पाउने बाल बालिका ४ हजार १ सय रहेको सामाजिक सुरक्षा फाट प्रमुख विभा यादवले जानकारी दिएका छन् ।
२०७७ साल चैत्र महिना देखि राजदेवी नगरपालिकामा बाल पोषणको भत्ता वितरण हुन् नसकेको निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले स्वीकार्य गरेका छन् ।
उहाले नेपाल सरकारले बैंकिंग प्रणाली मार्फत भत्ता वितरण गर्न दिएको निर्देशन अनुसार खाता संचालन गर्न नसकेकोले बाल पोषणको रकम वितरण हुन् नसकेको बताए ।
सम्वन्धित वडा अध्यक्षहरुलाई भत्ता पाउने बाल बालिकाहरुको खाता खोलाउन पटक पटक पत्राचार गर्दा पनि हाल सम्म खाता खोलाउन ढिलाई गरेकोले बाल पोषणको रकम अहिले सम्म लक्षित बर्ग सम्म नगएको आरोप लगाए ।
पटक पटक तागेदा गरेको छौ तर वडा अध्यक्षहरुले चासो लिएको होइन उनले भने खाता खुले पछि छिटै रकम भुक्तानी हुने प्रतिबध्ता उनले जनाए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता नखुले सम्म रकम निकासा नदिने बताउदै निमित प्रमुख प्रशासकीय अधिकृत साहले खाता खुलेको बाल बालिकाको तथ्यांक लिएर रकम भुक्तानी गर्ने खाता नखोलेकाको रकम अहिले भुक्तानी नगर्ने प्रस्ट पारे । सम्वन्धित बाल बालिकाका अभिभावकलाइ समय मै खाता खोल्नको लागि आग्रह समेत गरेका छन ।
गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले गरेको परिपत्र अनुसार २०७८ साल श्रावन देखि बाल बालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेको क्षेत्र तथा जिल्ला र देश भरिका दलित परिवारका ५ बर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा २ सन्तानलाई ५३२ रुपैया प्रति महिना दिने निर्देशन दिएका छन् ।
राजदेवी नगरपालिका वडा नम्बर ७ का ४५५ अन्य जातका बाल बालिका तथा ६९ जना दलित समुदायका बाल बालिका भत्ता लिन सकेका छैन ।
२८७ जनाको बैंकमा खाता खोल्नको लागि सिफारिश गरिएको वडा सचिव राजेश केसरीले जानकारी दिएका छन् । नगरपालिकाका नगर प्रमुखको निस्क्रियताको कारण अहिले सम्म भत्ता नभएको अभिभावकहरुको आरोप रहेको छ ।
समयमा निगरानीको साथ काम नगर्दा नगरपालिकाको यस्तो अवस्था सृजना भएको अभिभावक हरुको टिप्पणी रहेको छ । नगर पालिकामा पटक पटक प्रशाशकिय अधिकृत फेर बदल गर्ने मन्त्रालय को रवैयाको कारण रौतहट जिल्लाका स्थानीय तहहरुको अवस्था लथालिंग रहेको छ ।
साढे ४ बर्षको समय विति सक्दा पनि अधिकांश नगरपालिकाहरुले स्थानीय कानुन निर्माण गर्न , तथा नगरपालिका को स्थायी केन्द्र विधिवत रुपमा तोक्न सकेको छैन ।
१० महिना देखि राजदेवी नगरपालिका बालबालिकाले पाएन पोषण भत्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












