सुर्खेत ।। कोरोनाका कारण उद्योग, व्यवसाय बढी समस्यामा परेको भन्दै सरकारले बिभिन्न राहत र अनुदानका कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याएको छ । तर, कोरोनाको असर न्यून आयस्तर भएका अभिभावकमा धेरै देखिएको छ भने बालबालिकाले निशुल्क पढ्न पाउनुपर्ने माग पनि अभिभावकहरूले गरेका छन् । सुर्खेत वीरेन्द्रनगर १२ का निर्मला नेपालीले बालबालिकालाई विद्यालय पढाउनदेखि साँझबिहानको छाक टार्न पनि दैनिक ज्यालामा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । संविधानको मौलिक हकमा माध्यमिक शिक्षासम्म निशुल्क पढ्न पाउने उल्लेख छ । तर सुर्खेतका केही विद्यालयमा छोराछोरी पढाउँदा पैसा तिर्नुपर्ने बाध्यताका कारण अभिभावकहरू चिन्तित बनेका छन् । निशुल्क व्यवस्था गर्न नीतिमा नै सुधार गर्नुपर्ने बताउँछन् । सांसद मिनासिंह रखालले शिक्षा सबैले पाउने गरी नीति बनाउनका लागि छलफल हुने गरे पनि निर्णयमा भने ढिलाइ हुने गरेको बताउनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गरेको अध्ययनमा कोरोनाका कारण कर्णालीका २७ हजारभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका छन् । प्रदेशका तीन लाखभन्दा बढी विद्यार्थीमध्ये ८३ प्रतिशत अर्थात् दुई लाख ४९ हजार विद्यार्थी कोरोना महामारीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
कोरोनाका कारण कर्णालीका २७ हजारभन्दा बढी बालबालिका पढाइबाट वञ्चित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।