नेपालगन्ज ।। गाउँगाउँमा आन्तरिक तथा बाह्य पर्यटक पु¥याउन लागि घरबास सेवा अर्थात् होमस्टे प्रभावकारी बनेका छन् । कोरोनाका कारण पछिल्लो दुई वर्ष देशका अन्य ठाउँमा जस्तै बाँके बर्दियाका होमस्टे पनि सुनसान बनेका थिए तर केही महिना यता होमस्टेमा पर्यटकको चहल पहल बढ्न थालेको छ । बाँके बर्दियामा झण्डै एक दर्जन होमस्टे सञ्चालनमा छन् । बारबर्दियामा रम्मापुर र सत्खलुवामा गरी २ ठाँउमा होमस्टे खुलेका छन् । खेतीपाती गर्दै आएका स्थानीयका लागि होमस्टे आम्दानीको नयाँ माध्यम बनेकाले रोजगारीका लागि परदेश गएकाहरू स्वदेश फर्किएको स्थानीय राधाकृष्ण चौधरीले बताउनुभयो । रम्बापुर मध्यवर्ती सामुदायिक होमस्टेका पूर्वअध्यक्ष समेत रहनुभएका चौधरीले बर्दिया राष्ट्रिय निकुञ्ज नजिक भएकाले होमस्टे चलाउन समस्या नरहेको बताउनुभयो । निकुन्ज घुमाउने, हात्ती सफारी गराउने, नजिकै रहेको बबई नदिमा ¥याफ्टीङ्ग गराउने लगायतका काम होमस्टेले गर्दै आएका छन् । नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै २०७६ पौषमा खुलेका होमस्टे कोरोना लगत्तै बन्द भएका थिए । तर केही महिना यता पर्यटकको उपस्थिति व्यापार व्यवसाय बढेको सञ्चालक भरत चौधरीले बताउनुभयो । होमस्टेका लागि चाहिने आवश्यक खानेकुरा स्थानीयले आफ्नै खेतमा उब्जाउने गरेका छन् । पर्यटन प्रवद्र्धन गर्न सघाउने र स्थानीयको आयस्तर उकास्ने भएकाले होमस्टे प्रवद्र्धनमा स्थानीय पालिकाले पनि सघाउदै आएको छ । प्रति होमस्टे निर्माणका लागि झण्डै ८ लाखदेखी १२ लाख बढी लगानी गरिएको छ । रम्बापुरमा हाल ८ ओटा होमस्टे सञ्चालनमा छन् । बाँकी ४ वटा सञ्चालनमा आउने तयारीमा छन् ।
गाउँगाउँमा पर्यटक पु¥याउन लागि घरबास सेवा प्रभावकारी बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।