फोटो : अमर उजाला

एजेन्सी ।। भारतको श्रीनगरमा अज्ञात समूहको आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको छ । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्प फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिकै हिजो साँझ आक्रमण भएको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । कश्मीर प्रहरीले घटनालाई आतङ्कवादी आक्रमण भनेको छ । आक्रमणकारीको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here