काठमाडाैं ।। हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।





