काठमाडाैं ।। नेकपा एमालेको जारी महाधिवेशनमा मतदान सकिएको छ ।
बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको हो । चुनावमा दुई हजार ७९ मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
केहीबेर पछि मत गणना गर्ने तयारी भएको छ । विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मत परिणाम छिट्टै आउने अपेक्षा गरिएको छ ।
चितवनको सौराहामा भइरहेको महाधिवेशनको बन्द सत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि चुनाव भएको हो । पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् ।
६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
एमाले महाधिवेशन : मतदान सकिए,मत परिणाम छिट्टै आउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












