काठमाडाैं ।। स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमूनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमुनाको जीन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन निर्देशन दिएको हो । विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नाकास्थित हेल्थ डेस्कहरूलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमुना सङ्कलन गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिनुभएको हो । यसैबीच, चिकित्सकहरूले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनलाई लिएर सचेत रहन आग्रह गरेका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले हाल देखिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबारे थप अध्ययन अनुसन्धान भइरहेको र हालसम्म यो बढी सङ्क्रामक देखिएको हुँदा सचेत रहन सीआईएनमार्फत आग्रह गर्नुभयो । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि सरकारले विमानस्थल र विभिन्न नाकामा कडाई गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here