जनकपुर ।। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा प्रचण्डले पार्टीलाई कसरी क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गर्ने भन्ने विषयमा धारणा राखेका स्थायी कमिटी सदस्य तथा प्रदेश–२ का इन्चार्ज गणेश साहले जानकारी दिए ।
त्यस्तै, पार्टीबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने र राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल भएको उनले बताए ।
प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आउँदा निर्वाचनहरूका लागि तयार रहन पनि निर्देशन दिएका छन् । माओवादीको केन्द्रीय कमिटीमा प्रदेश–२ बाट २० बढी सदस्य छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।