काठमाडाैं ।। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन् । विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा बङ्गलादेश र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७ ः ४५ मा सुरु हुनेछ । भारत र पाकिस्तानबीच लामो समयबाट राजनैतिक तनाव रहदै आएको छ । जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अझ सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो । त्यस्तै आजै सारजाहमा हुने पहिलो खेलमा बङ्गलादेश र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । दुबै टिम पहिलो चरणबाट आएका टिम हुन् । दुबै टिम सुपर १२ मा समेत जित निकाल्ने योजनामा मैदान उत्रने छन् ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।