सर्लाही ।। सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको एक साता भैसके पनि सर्लाहीसहित देशका विभिन्न सीमा नाका अझैँ खुल्न सकेका छैनन् । जिल्लामा कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सर्लाही जिल्लाका विभिन्न आठवटा नाकाहरु खुलाउने निर्णय गरेको थियो । केन्द्रले सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नाकासँगै भाँडसर, सङ्ग्रामपुर, पर्सा, त्रिभुवन नगर, बारा उद्योरण, फेन्हरा र बलरा नाका खुलाउने निर्णय गरिसकेको छ । सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिकाका स्थानीयबासीले भने सीमामा अवरोध कायमै रहेको बताएका छन् । तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले नाकाहरुबाटै नेपाल प्रवेशका लागि सहजीकरण गरिरहेको बताउनु भएको छ । नेपालबाट भारत प्रवेशको हकमा भने भारत सरकारकै निर्णयानुसार हुने प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । सदरमुकाम मलङ्गवा नगरपालिकाका मेयर निरसल साहले मलङ्गवास्थित गोरखकाली नाकामा हेल्थ डेक्स सञ्चालनका लागि दुई जना स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो । सुरक्षा निकाय र भन्सार कार्यालयले अझै पनि माथिबाट निर्देशन नआउन्जेल नाका नखुल्ने बताइरहेका मेयर साहको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सरकारले गत वर्षको चैतदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको हो । नाका नखुल्दा सीमावर्ती गाउँका वासिन्दा खोला खोल्सी र खेतको बाटो भएर नेपाल–भारत आवतजावत गरिरहेका छन् । वैकल्पिक बाटोबाट मानिसलाई हिँड्न दिइए पनि गाडी चल्न नपाउँदा स्थानीयहरुलाई औषधोपचार, किनमेल र सीमापारीको गाउँमा रहेका आफन्तहरुलाई भेट्न जान समस्या भइरहेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरे पनि कार्यान्वयनमा नआउँदा समस्या
नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरे पनि कार्यान्वयनमा नआउँदा समस्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।