काठमाडाैं ।। जर्मनीमा आज आम निर्वाचन हुँदैछ । सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीका चान्सलर बन्नुभएका एंगेला मर्केलको स्थानमा नयाँ नेतृत्त्व चयनका लागि आज चुनाव हुन लागेको हो । १६ वर्षसम्म चान्सलरको जिम्मेवारी सम्हाल्नुभएका मर्केलको कार्यकाल नयाँ नेतृत्त्व आएपछि सकिनेछ । मर्केलको उत्तराधिकारी छान्ने भएकाले सबैको ध्यान चुनावमा छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको सुरूवात हुने पनि विश्लेषण गरिएको छ । ६७ वर्षका मर्केलले यसअघि नै यो चुनावमा आफू नलड्ने बताउनुभएको थियो । जर्मनीको चान्सलरका लागि तीन जना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन् । मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलरका लागि उम्मेदवारी दिएका छन् । उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र कुनै पनि दलले संसदको तल्लो सदन बुन्डेस्ट्यागमा एकल बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणहरूले देखाएको छ । कुनै पनि दलले बहुमत नल्याए गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ । त्यसका लागि केही महिना मर्केलले नै जर्मनीको काम चलाउ चान्सलर भएर काम गर्नुपर्ने हुन सक्छ । ८ करोड ३० लाख जनसङ्ख्या भएको जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here