मोरङ ।। विराटनगर उच्च अदालतको प्रवेशद्वारमा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट लामाको पेटसँगै हातमा चोट लागेको विराटनगर अस्पतालका चिकित्सकले बताएका छन्। घटनापछि उपचारका लागि अस्पताल पुर्‌याइएका लामाको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। घटनामा दुई जना युवकको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार घाइते लामा आइतबार विहान विराटनगर आएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा महानगरपालिका ११ का २७ वर्षीय विमल कार्कीलाई कोशी अस्पताल नजिकबाट पक्राउ गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार कार्कीलाई घटनामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ गरिएको हो।
त्यसैगरि अर्का युवक भने फरार रहेका छन्। घटनापूर्व वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको कानूनी फर्म हुँदै अदालत पुगेका लामालाई प्रवेशद्वार नजिक पुगेपछि दुई जनाले खुकुरीले आक्रमण गरेको प्रहरीको भनाई छ।
खुकुरी प्रहारबाट घाइते लामासँग मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदारसँगै रहेका थिए। घटनामा दुई जनाको संलग्नता रहेको सरदारले बताएका छन्। लामाको कटहरी गाँउपालिकास्थित मोरङ राजधानी इँटा फर्ममा लगानी रहेको र काठमाडौँमा एक सहकारी पनि सञ्चालन गर्दै आएको खुलेको छ।
प्रहरीका अनुसार विगत दुई वर्षदेखि लामाले इँटा उद्योगमा लगानी गर्दै आएका थिए। सो इटा उद्योग नोकाका मोहम्मद साजितले सञ्चालन गर्दै आएका थिए। जसमा साजित र उनकी श्रीमतीको समान ५० प्रतिशत शेयर रहेको थियो।
साजितले वर्षीक ५० हजार थान इँटा उपलब्ध गराउने शर्तसहित लामालाई ५ वर्षका लागि श्रीमतीको शेयर बिक्री गरेको खुलेको छ। प्रहरीको अनुसन्धानका क्रममा साजित सो सर्तबाहिर जाँदै पछिल्लो समय उद्योग एकलौटी बनाउने प्रयासमा रहेका थिए।
यसै विषयमा दुवै पक्षबीच विवाद हुँदै आएको थियो। सोही विषयमा विवाद बढ्दै गर्दा खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here