काठमाडाैं ।। पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।