काठमाडाैं ।। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठकमा पेश भएको प्रतिवेदन र समूहगत छलफलमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले दिने कार्यसूची रहेको छ । बिहान ११ बजे बैठक सुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । केही दिनदेखि जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसमा हिजो १० समूहले छलफल गरेर सुझाव दिएका छन् । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा गर्दैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here