रौतहट ।। रौतहट जिल्लाबाट संचालित अनलाइन न्युज पोर्टल मधेश प्रदेशका संचालक एवं रिपोटर्स क्लब नेपालका प्रदेश कोषाध्यक्ष अभिमनु पटेल माथि एक समुहले हातपात गरेको छ ।
शुक्रवार बेलुकी ८ बजेको समय मा गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउन गएको बेला पटेल संचारकर्मी पटेल माथि ४ जनाको समुहमा आएका व्यक्तिहरुले हमला गरेको हो ।
नारायणी सैलुनमा बसेको बखत आएका समुहले सैलुन मै आक्रमण गरेको पत्रकार पटेलले बताएको छ । पत्रकार फसाउने काण्डमा नाम जोडिएका माण्डवी सस्था अध्यक्ष अन्जु झा को विषयमा सामाजिक संजाल र अनलाइनमा समाचार लिखेको विषयलाइ लिएर हमला गरेको पटेलको दावी रहेको छ ।
हमलामा अन्जु झाको श्रीमान राजेश मिश्र ,आफन्त नातामा पर्ने सुशील कुमार झा , भाई बुहारी नातामा पर्ने पुनम झा रहेको संचारकर्मी पटेलको आरोप रहेको छ ।
समाचार लिखेको विषयमा चित नबुझे कानुनी बाटो अपनाउन सकिने भएपनि भौतिक रुपमा संचारकर्मी माथि हमला गर्नु निन्दनीय कार्य भएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ति जारी गरि घटनाको सम्वन्धमा सत्य तथ्य छानविन गरि दोषी माथि कानुनी कार्यवाही गर्न माग गरेका छन् ।
रौतहटमा रहेका क्रियाशिल पत्रकारहरुले घटनाको निन्दा गर्दै दोषीलाइ कानुनी कार्यवाही गर्नु पर्ने माग समेत गरेको हो ।
घटनाको सम्वन्धमा आवाज उठाउदा संचारकर्मी प्रवीण टिबडेवाल ग्रीन सिग्नल होटेलका संचालक राकेश झा ले सामाजिक संजाल फेसबुकको मेसेन्जरबाट कुटपिट गर्ने धम्कि दिएको छ । पत्रकार पटेल माथि गरिएको दुर्व्यहारको विषयमा कार्यवाहीको माग गर्दा धम्कि दिएको पत्रकार टिबड़ेवालले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here