नवलपरासी पूर्व ।। निषेधाज्ञा हटेपछि बिस्तारै विद्यालयहरु खुल्न थालेका छन् । लामो समय सम्म घरमै बसेका विद्यार्थी विद्यालय जान पाएपछि खुसी भएका छन् । तर विद्यालयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्ने र शिक्षक, कर्मचारीले अनिवार्य खोप लगाउनुपर्ने बिषयलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालको भनाइ छ । गैँडाकोट १४ भागरका शलिना शर्मा कक्षा १० पढ्नु हुन्छ । कोभिड १९ को प्रभावका कारण लामो समय विद्यालय जान पाउनुभएन । तर फेरि विद्यालयबाट कोरोना सर्ने पो हो कि भन्ने चिन्ता बढेको उहाँ बताउनुहुन्छ । कोरोनाका कारण सुरु भएको अनलाइन कक्षा प्रभावकारि भैरहेको छैन । अब भौतिक रुपमा पठनपाठन गर्नु आवश्यक देखिएको भएपनि छोराछोरीलाई विद्यालय पठाउने कि नपठाउने अभिभावकमा पनि अन्यौलता छ । अभिभावक रामु आचार्य खोप लगाउने र स्वास्थ्य मापदण्ड पालना गरे मात्रै विद्यालय खोल्नुपर्ने बताउँनुहुन्छ । निजि र सामुदायिक गरि ४ सय ५ विद्यालय रहेको नवलपरासीमा सबै पालिकाले भौतिक उपस्थितिमा विद्यालय चलाउने निर्णय गरेका छन् । प्रत्येक पालिकाले मापदण्ड सहित सुरक्षित भएर कक्षा चलाउन विद्यालयलाइ भनेका छन् । नवलपरासी सहित देशभरमा विद्यालयमा भौतिक रुपमा नै कक्षा सञ्चालन हुन थालेको छ । विद्यालय गएर पढ्न पाउँदा विद्यार्थी खुसी भएपनि कोरोना सर्ला कि भन्ने चिन्ता भने रहिरहेको उनीहरुको भनाइ छ ।
विद्यालय गएर पढ्न पाउँदा विद्यार्थी खुसी भएपनि कोरोना सर्ला कि भन्ने चिन्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।