काठमाडाैं ।। आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको पश्चिम राजस्थान र झारखण्ड आसपास रहेको न्यूनचापिय क्षेत्रको प्रभावले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मनसुन कमजोर भएकाले ठूलो पानी भने कतै पनि नपर्ने मौसमविद्को भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।