काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले नोबेल कोरोना भाइरसको महामारी, उपचार र रोकथामका कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे जानकारी लिँदै प्रधानमन्त्रीले हिजो यस्तो निर्देशन दिनुभएको हो । बैठकपछि सामाजिक सञ्जालमार्फत कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारबाहिका विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री समक्ष सीसीएमसीका पदाधिकारीहरूले कोरोना नियन्त्रणका लागि हालसम्म भएका कामका बारेमा जानकारी गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here