काठमाडौं ।। आज देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार २४ जनामा परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टी भएको छ। मन्त्रालयका अनुसार यसका साथै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६० हजार ७ सय ८८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १ हजार ६ सय ७ जना कोरोना सङ्क्रमणमुक्त भएको र थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।
हाल सम्म देशभर २६ हजार ६ सय ४७ सक्रिय संक्रमितको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here