मुम्बइ ।। बलिउड दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो ।
दिलीप कुमार लामो समयदेखि बिमारी थिए । पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको थियो । उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो । उनलाई भारतमा ट्रेजेडी किंगको नामले समेत चिनिन्छ ।
दिलीपकुमारले २२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म खेलेका थिए । उनले ६० भन्दा बढी फिल्म खेलेका छन् । दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here