काठमाडाैं ।। नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा देशभर ११ हजार ८ सय ९८ कोरोना परीक्षण गर्दा २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले देशभर थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको जानकारी दिनुभयो । उहाँले गत २४ घन्टामा देशभर १ हजार ३ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएको र थप २८ जनाको कोरोनाका कारण मृत्यु भएको पनि बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here