रौतहट ।। आशा लघुवित वित्तिय संस्था समनपुर रौतहटले मृतकको परिवारलाई मृत्यू दावी वापतको रकम भुक्तानी गरेको छ । शाखा कार्यालयका प्रमुख संतोष यादवले आज संस्थाको समुहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्य गरुडा नपा १ जयनगरकी संगीता कुमारी प्रजापतीको परिवारलाई एक लाख पचिस हजार र गढीमाई नपा वार्ड नं. २ हथियौलकी चिन्ता देवीको परिवारलाई १ लाख ९३ हजार सात सय पचास रुपैया चेक हस्तानान्तरण गरिएका छन् ।
मृतक संगिता कुमारी प्रजापति शखाको केन्द्र नं. ९ मा आवद्ध भई एक लाख र चिन्ता देवी केन्द्र नं. ०५३ मा आवद्ध भई एक लाख ५५ हजारको कर्जा कारोवार गरेको शाखा प्रमुख यादवले जानकारी गराएको हो ।
प्रमुख यादवका अनुसार, संस्थाले कारोवार गर्ने सदस्यहरुलाई प्रभु लाईफ ईसुरेन्स कम्पनीको साझेदारीमा रिनी सदस्यको सधारण मृत्यूमा एक सय पचिस प्रतिशतको वीमा सुविधा उपलब्ध गराउने गरेको बताए । कार्यक्रमा गढीमाई नपा वार्ड नं. २ वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्तरमा यस वित्तिय संस्थाले ५५ वटा शाखाको माध्यमबाट लघुवित सेवा प्रदान गरिदै आएको छ ।
मृतकको परिवारलाई ३ लाख भन्दा बढीको वीमा दावी भुक्तानी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।