रौतहट ।। रौतहट जिल्ला अदालतले आफ्नै श्रीमती माथि तेजाव खन्याउने श्रीमानलाइ कारागार चलान गरेका छन् ।
अनुसन्धानको प्रकिया पुरा भएपछी थुनछेक बहस प्रयोजनका लागि मिसिल सहित पेश गरिएका आरोपित रौतहट जिल्लाका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी ४२ वर्षीय दिपक विकलाइ जिल्ला न्यायधिश श्याम विहारी मौर्यको एकल इजलासले कारागार चलान गरेको हो ।
अभियोजन पक्ष र प्रतिवादी पक्ष विचको कानुन व्यवसायीहरुको बहस सकिए पछि न्यायधिश मौर्यले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार सुशील कुमार यादवले जानकारी गरेका छन् । तत्काल संकलित प्रमाणबाट आरोपित दोषी देखिएको हुदा पछि हुने गरि अहिलेलाइ मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ६७ (१) ख बमोजिम थुनामा राखी कार्यवाही गर्न आदेश इजलास बाट भएको छ ।
गएको जेष्ठ २९ गते शनिवारका दिन आरोपित विकले आफ्नो ३८ वर्षीय श्रीमती दिपिका विश्कर्मालाइ घरायसी विवादमा आफ्नै सुनचांदी पसल बाट सुन सफाइ गर्नको लागि प्रयोग गर्ने तेजाव लिएर हत्या गर्ने उदेश्यले प्रहर गरेका थिए ।
पछाडी लुकाएर राखिएको तेजाव अनुहारमा खन्याउन खोज्दा ज्यान जोगाउ गरेको प्रयासबाट हाथ , पेट , खुट्टामा परेको थियो । तेजावबाट पिडित महिलाको हात तथा पेट जलेका थिए ।
पीडक पक्षले मुद्दा मिलापत्र गर्न पिडित माथि पटक पटक दवाव , धम्कि दिदै आएको र अदालतबाट छुट्टाउने ठोकुवा गर्दै आएपनि न्यायपालिका माथिको विस्वास अटल रहेको पिडित महिलाले बताएका छन् । अदालतबाट आएको आदेशले न्याय प्रतिको विश्वास अझ वढेको प्रतिक्रिया उहाको रहेको छ । मेरो विस्वास थियो आरोपित जेल जाने उनले थपे न्याय मिल्छ ।
पीडक पक्षका समर्थकले अदालतबाट धरौटी मा छुट्टाउने गरेको प्रयास असफल भएकोले आफु हर्षित भएको पिडितले भने आर्थिक चलखेल गर्नेको हार भाको छ ।
म माथि गरेको अन्यायको लागि न्यायपालिकाले थुनामा हालेर मेरो भावनाको कदर भएको उहाले बताईंन । जिल्ला न्यायधिशलाइ आभार व्यक्त गर्दै पीडकलाइ जसरि भए पनि सजाय दिलाएर नै छोड्ने प्रतिवद्धता वक्त गरे ।
कारागारको लागि प्रहरीले लगिदै गर्दा अन्तिम पटक श्रीमती सित भेट गर्ने इच्छा जाहेर गरेका विकलाइ पत्नीले भेट गर्न समेत इन्कार गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here