काठमाडाैं ।। स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । सेमिफाइनल अन्र्तगत आज इङ्ग्ल्याण्ड र डेकमार्क बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार खेल आज राति १२ ः४५ बाट सुरु हुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।