काठमाडाैं ।। कोरोनाको कहर छिचोल्न हुलका हुल युवाहरु विदेशबाट गाउँ फर्किरहेका बेला स्थानीय सरकार नयाँ बजेट कार्यक्रमको तयारीमा थिए । असार १० बजे बजेट सार्वजनिक गरेका अधिकांस पालिकाहरुले स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकता दिएका छन् । स्थानीय सरकारको प्राथमिकता युवाहरुको जागरुकताले सुख्खा गाउँ हरीयाली बन्न थालेका छन् । डडेल्धुरामा रहेका सातै स्थानीय तहमा युवाहरुले कृषिलाई उद्यम बनाइसकेका छन् । अजयमेरु गाउँपालिका –२ चमडाका रोजेन्द्र ओझा लामो बसेर गाउँ फर्किएपछि अहिले कृषि कर्ममा समृद्धिका सपना खोजिरहनु भएको छ । अब विदेश फकिन्नौ है भन्दै युवाहरु कृषिमा जुटेका छन् । स्थानिय सरकार पनि युवाहरुलाई कृषि उद्यममा जोडेर स्वरोजगार बनाउन नीतिगत उपाय खोजिरहेको छ । अधिकांश स्थानिय सरकार कृषिमा केन्द्रीत भएका छन् । नीति तथा कार्यक्रम र बजेटमा युवाहरुलाई जोडेर रोजगारीसँगै कृषिलाई प्राथमिकता दिन थालेका छन् । तर केही स्थान्रीय तहले भने बजेट अभावमा कृषि उत्पादन बढाउन नसकिएको बताउदै आएका छन् । सल्यानको कालिमाटि गाउँपालिका र सुर्खेतको पन्चपुरी नगरपालिकाकाले पनि कृषिलाई आत्मनिर्भर बनाउने गरि योजना र कार्यक्रम बनाएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले भने बजेट बनाउने बेला नै युवा र कृर्षिलाई स्रोत छुट्याउन नसक्दा अहिले समस्या परेको छ । संघ र प्रदेश सरकारले हातेमालो गर्न नसकेको स्थानिय सरकारको गुनासो छ । हाम्रो कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ । ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा निर्भर छन् । कृषि क्षेत्र करिब करिब महिला, बालबालिका र वृद्धावृद्धाको जिम्मामा गइसकेको थियो । विदेशमा रहेका युवाहरु फर्किएसँगै अहिले त्यो फर्किएको छ । हिजो छाडेर गएको बाख्रापालन, कुखुरापालन, तरकारी खेती, व्यवसायीक रुपमा स्थापित बन्ने बाटोमा लागेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here