वीरगञ्ज ।। पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । 
पकडिया बडनिहार टोलकी ४० वर्षीया महिला लक्ष्मीनिया देवी चौधरीमाथि छुरा प्रहार भएको हो।
चौधरीको हात, छाती लगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहान आफ्नै घरबाहिर घाइते अवस्थामा लडिरहेको फेला परेकी चौधरीलाई उपचारको लागि प्रहरीले वीरगञ्जस्थित न्युरो अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
एक्लै घरमा बसिरहेको बेलामा बिहान महिलामाथि किन र कसले छुरा प्रहार गर्‍यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको खनालले बताए।
उनले महिलाको अवस्था अहिले समान्य रहेको जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here