काठमाडाैं ।। म्यान्मारमा जारी सैनिक कू विरुद्धको प्रदर्शनको क्रममा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । गत फेबु्रवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएको छ । म्यान्मारमा सैनिक कू विरुद्ध नागरिकहरु सडकमा उत्रिएपछि हिजो थप ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको बीबीसीले लेखेको छ । प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको बताइएको छ । प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । म्यान्मारमा सेनाले गरेको कू प्रति संयुक्त राष्ट्र संघले पनि आपत्ति जनाएको छ । साथै सेनाले त्यहाँका प्रदर्शनकारीमाथि गरेको हिंसालाई तत्काल रोक्न आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here