जनकपुर ।।  नेकपाको दाहा-नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर प्रदेश २ मा समेत प्रभाव परेको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका कारण जनकपुर सहित प्रदेश २ का आठवटै जिल्लामा प्रभाव परेको हो ।
तर कुनै ठाउँमा समान्य प्रभाव परेको छ भने कुनै जिल्ला तथा सहर ठप्प भएको छ । बर्दिबास, वीरगन्ज, लालबन्दी, हरिवन लगायतका ठाउँमा विहानैदेखि बजार तथा पसलहरु खुलेका छैनन्।
लामो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन्।
चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसैबीच वीरगन्जमा बन्द गराउँदै हिडेका डेढ दर्जनभन्दा बढि नेता कार्यकर्ताहरुलाइ पक्राउ गरेको छ।
वीरगन्जको घण्टाघर र माइस्थान चोकबाट गरी प्रहरीले नेकपाका वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, युवा नेताहरु मनोज चौधरी, अरविन्द सिंह,अरुण यादव, प्रभाकर गुप्ता, शीवम साहलगायत १७ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here