जनकपुर ।। नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
प्रदर्शनकारीहरुले जनकपुर बजार बन्द गराउँदै हिंड्दा शिव चोकमा प्रहरीसँग झडप भएको हो। झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। झाको टाउको फुटेको छ।
झडपको क्रममा केही गाडीमा समेत तोडफोड भएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको छ। हाल शिव चोक क्षेत्रमा अवस्था तनावग्रस्त नै छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here