काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज देशभर तीन हजार ५९७ नमुना परीक्षण गर्दा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।