सर्लाही ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ईश्वरपुर नगर कमिटीद्वारा आयोजित अगुवा नेता तथा कार्यकर्ताहरुको बृहत भेला सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै नेकपाका युवा नेता चन्द्र भुषण साहले भने, समाज रुपान्तरण र देश विकासका लागी मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्न आवश्यक छ । त्यसको लागि लोकतन्त्रको सबैभन्दा सुन्दर गहना ताजा जनादेश मार्फत मुलुक अग्रगमनको दिशामा दृढतापूर्वक अगाडि बढ्नुपर्ने अपरिहार्यता रहेको कुरा अहिले सिङ्गो पार्टी पक्तिले बुझ्न जरूरी छ । पार्टी भित्रको अन्तरघात, मुलुकमा व्याप्त अस्थिरता, पश्चगमन एवं भ्रष्टाचारको विरुद्ध सशक्त संघर्ष गर्ने तथा पार्टी सुदृढ़ीकरण गर्दै प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको मजबूत पकड़ स्थापित गर्नको लागि भेलाको सहयोगी सिद्ध हुने नेता साहको ठहर छ । युवा नेता साहले भने, मुलुकमा स्थायित्व (स्थिर सरकार) मार्फत नेपाली जनताले सुशासन, समृद्धि र विकासको लागी नेकपालाई लगभग दुई तिहाईको ऐतिहासिक जनादेश दिएको समयमा नेपाल-प्रचण्ड समुहको अन्तरघात, षड्यंत्र, जालझेल, आरजकता, अस्थिर स्वभाव र पदलोलुपताको कारणले नै आज सिङ्गो देश र जनताले दुख पाईरहेको स्थिति छ । र हाम्रो देश दुर्घटनामा परेको साहले बताए । कार्यक्रममा ईश्वरपुरको नगर प्रमुख मनोज कुमार देवकोटा, केन्द्रीय सदस्य राजनारायण साह लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here