जनकपुर ।। प्रदेश २ सरकारले बिना धितो ऋण लिएर विदेश जान सक्ने योजनालाई कार्यान्वयमा ल्याएको छ । वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विना धितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको हो । प्रदेश २ को सरकारको सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप योजनालाई प्रभावकारी बनाइएको हो । योजना अन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई बिना धितो सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको छ । योजनाको सुरुमा वैदेशिक रोजगारीमा जानेलाई मात्र सो सुविधा उपलब्ध भएकोमा अब विदेश जाने र फर्केकाहरुलाई समेत यो सु्विधा उपलब्ध गराइएको छ । परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगार सम्बन्धी काम गर्न तीन लाख ऋण दिने र वैदेशिक रोजगारीमा जानेलाई एक लाख ५० हजार ऋण सुविधा उपलब्ध गराइनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here