एजेन्सी ।। इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको जहाज समुद्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कबिहीन भएको थियो । विमानमा चालक दल र यात्रुहित ६२ जना सवार थिए । बीबीसीले लेखे अनुसार फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको र प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले आकाशबाट बिजुली खसेको जस्तो ठूलो आवाज सुनेका थिए । त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीहरुले समुन्द्रको गहिराई २० देखि २३ मिटर रहेको र आज रातिसम्ममा दुर्घटना स्थल पत्ता लगाउने प्रयास गरिने बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here