काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्नुभएको छ । आफ्नो समूहले आज धनगढीमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु । ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री आफै रहेको भन्दै उहाँले आफूलाइ देशका लागि काम गर्न नदिएको बताउनुभयो । कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उहाँले चुनाव वैशाख १७ र २७ गते मा जसरी पनि हुने बताउनुभयो । यसैबीच, प्रधानमन्त्री ओलीले प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जान लागेको जानकारी दिनुभयो । सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले गौरीफन्टा नाकाको अवस्था सुधार हुने पनि बताउनुभयो । परराष्ट्रमन्त्रीले भ्रमणका क्रममा यस विषयलाई उठाउने प्रधानमन्त्रीको भनाइ थियो । कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक नेपालका परराष्ट्रमन्त्री भारत जान लाग्न्ुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here