रौतहट ।। नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्ध रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव मार्फत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । प्रचण्ड—माधव पक्षधरको पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट गौरमार्फत विरोध पत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिनु भयो । गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै उक्त कदम सच्याएर संसद पुर्नस्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ । भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एक पटक पढ्न ओलीलाई आग्रह समेत गर्नु भयो । विरोध पत्र बुझाउने टोलीमा भट्टराईसँगै पूर्व मन्त्री सत्यनारायण भगत, अशोक जयसवाल, कमल यादव लगायतको सहभागिता रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रचण्ड–नेपाल पक्षले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र
प्रचण्ड–नेपाल पक्षले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।