काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट खोलेका छन् । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।
यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खोलिएको बताए ।
अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई ६ हजार जना भन्दा बढीले फलो गरेका छन् ।
पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाख भन्दा बढी व्यक्तीले हेरिसकेका छन् । यसमा २१ हजारभन्दा बढी लाइक्स, ६ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म ४ सय ७५ जनाले सेयर गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here