रौतहट ।। रौतहटमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मााधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा र वडा नं.–५ मिठुअवा गाँउको नजिक आज सोमवार विहान ४५ वर्षीय दशै रामको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
गाँउघरमा देखाइने नाँच प्रोगाममा काम गर्ने दलित समुदायका दशै रामको शव फेला परेको छ ।शवको प्रकुति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी पाउने बितिकै घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० सिद्धीविक्रम शाहले बताए । मृतक रामको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लगिएको र घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक शाहले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here