रौतहट ।। रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट ६५ वर्षीय महिलाको मृत्यु भएको छ । । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here