काठमाडाैं ।। साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजितगर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।शेख जायदक्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्यमुम्बईले १६ ओभर ५ बलमामात्र २ विकेट गुमाएर पूरा गर्यो ।मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीयइनिङ्स खेल्नुभयो । उहाँले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्नुभयो । यस्तै कप्तान रोहितशर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाउनुभयो ।कोलकत्ताका भरुण चक्रवर्ती र शिबममाभीले १÷१ विकेट लिनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीयइनिङ्स खेल्दाकप्तानइयानमोर्गन ३९ रनमाअविजित रहनुभयो । कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जितनिकालेको छ ।
आईपीएल : केकेआरलाई हराउँदै मुम्बई शीर्ष स्थानमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।