रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले मंगलवार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका गाउ गाउमा किसानहरुको समस्या बारे स्थलगत रुपमा निरिक्षण गर्नु भएको छ ।
पटक पटक झाझ खोलामा आउने बाढ़ीबाट हुदै आएको धानजनको क्षति न्यूनीकरण गर्ने तथा सिचाई सहितको तटबंध निर्माण गराउने उदेश्यले विभिन्न ठाउको निरिक्षण अवलोकन गर्नु भएको हो । जिल्लाको दक्षिणी भेगका किसानहरु वर्षेनी बाढ़ीबाट बाली नालीको नोक्सानीको पीड़ाबाट पीडि़त हुदै आएको छ ।
असोजको पहिलो सत्ता भएको अविरल बर्षाले झाझ नदी ,लालबकैया नदीमा आएको बाढ़ीले फुटेको र गर्भा अवस्थामा रहेको सयौ विघा खेतको धानवाली ,तरकारी बाली क्षति भएको थियो । मिहनत गरी लकडाउनमा विउ ,मलखाद सहज रुपमा उपलब्ध नहुँदा पनि भारतबाट माल खाद ल्याएर लगाएको बाली नस्ट हुदाको पीड़ा असहनीय भएपनि किसानको दुःख बुझ्ने सरकारले पनि कोशिस नगरेको किसानहरुको गुनासो रहेको छ ।
राज्य मंत्री यादवले जिल्लाको यमुनामाई गाउँपालिका अन्तर्गत पर्ने जेठरहिया ,भेडि़याही ,चिकना , माधव नरायण नगरपालिकाको मिठूअवा ,लौकहामा झाझ नदीको नियंत्रण गर्ने उदेश्यले निर्माण गरिने तटवन्ध र किसानको भएको क्षति सम्वन्धमा निरिक्षण गरेका छन । राज्यमंत्री यादवले बाढ़ीबाट वर्षेनी हुने क्षति रोक्न तटवन्धको आवश्यकता माथि जोड़ दिनु भएको छ ।
किसानको उत्पादन बृद्धि गर्न सिचाईको व्यवस्था समेत गराउने उहाले प्रतिवद्धता जनाउनु भएको छ । निरिक्षणमा यमुनामाई गाउँपालिका अध्यक्ष श्री प्रसाद मुखिया लगायत निर्वाचित वड़ा अध्यक्ष र स्थानियहरुको सहभागिता रहेको थियो ।
किसानको समस्या बारे क्षेत्रमा राज्य मन्त्री यादवको निरिक्षण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।