रौतहट ।। रौतहट जिल्ला निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य एवं नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले शहरी विकास तथा भवन निर्माण मंत्रायल मार्फत निर्माण भई रहेको सड़कको स्थलगत अवलोकन निरिक्षण गरेका छन ।
रौतहटको गरुडा नगरपालिका अन्तर्गतका शिवनगर ,गरुडा , महमदपुर ,गेडहीगुठिमा सञ्चालन रहेको सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साको सड़क तथा नाला निर्माण योजनामा ठेकेदार ले निर्माण सामग्री तथा निर्धारित लगत स्टीमेट अनुसार निर्माण कार्य नगरी मा‘नोपोली ढंग बाट कार्य गरिरहेको स्थानीयको गुनासो पछि सांसद साहले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , सम्वन्धित कार्यालयका प्रमुख , साइड इंजिनियर, पेटी का‘न्टेक्टका ठेकेदार ,संचारकर्मी , निर्वाचित जनप्रतिनिधि सहितको उपस्थतिमा योजनाको अध्यन अवलोकन गरेका हुन ।
निरिक्षणका क्रममा भएको ठेक्काको रकम , निर्माण गर्नु पर्ने लम्बाई चौड़ाई ,को विषयमा विस्तृत रुपमा जानकारी लिदै लगत स्टीमेट अनुसार स्तरीय बाटो निर्माण गर्नु पर्ने निर्देशन समेत दिए ।
मिहनत गरी निकासा गराइएको बजेट दुरूपयोग गर्ने उदेश्यले मुख्य ठेकेदारले साइडमा सहायक ठेकेदारबाट निर्माण कार्य गराउने गरेको टिपण्णी गरे । सांसद साहले सुन्दर शहर निर्माणको परिकल्पना गरी ल्याइएको योजनामा कमसल निर्माण सामग्री प्रयोग गरे कार्यवाही हुने समेत चेतवानी दिए ।
करीव १८ करोड़को लागतमा निर्माण भैरहेको करीव ८ किलो मीटर सड़क निर्माणमा ठेकेदारले २० फिट चौड़ा मात्र सड़क निर्माण गरिरहेको स्थानीयको गुनासो प्रति सांसद साहले गुणस्तरीय र दीर्घकालीन समय सम्म टिकाऊ हुने खालको सड़क बनाउन ठेकेदारलाइ सुझाव समेत दिए ।
शहरी विकासको योजनाको निरिक्षण सांसद साहद्वारा निरिक्षण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।